Temple Illuminatus

रुद्राक्ष महत्व - विभिन्न रुद्राक्ष पहिचान - नेपाल रुद्राक्ष दाने/दाना - नेपाली भाषा

"नेपाली  भाषा संस्करण  " अंकित दुलाल बाट -  अंग्रेजी को लागि माउश ले अंग्रेजी मा थिच्नु होस् ! - "अंग्रेजी (English)" - 

-रुद्राक्ष के बारे में हिन्दि भाषा मे अध्ययन करने के लिए माउस से हिन्दि भाषा मे दाबिये-"(Hindi/हिन्दि भाषा)"

 

1 - रुद्राक्ष भन्ना ले के बुज्न सकिन्छ ?

-  रुद्राक्ष एक किसिम को दाना हो! रुद्राक्ष को रुख वा वृक्ष लाई रुद्राक्ष को रुख भनिन्छ! त्यहि महत्व पूर्ण रुख मा फल्ने दाना लाई नै रुद्राक्ष भनिन्छ ! हाम्रो हिन्दु धर्म मा रुद्राक्ष को रुख र दाना दुबैको उत्तिकै महत्वपूर्ण छ ! अहिले पनि हामीले विभिन्न घरहरुमा  रुद्राक्ष को रुख मा पूजा गरेको देख्दछौ  भने धेरै जस्तो रुद्राक्ष समन्धी ज्ञात भएका शिव भक्तहरु ले रुद्राक्ष को एउटा दाना लकेट बनाएर वा रुद्राक्ष को माला धारण गरेको पनि देखछौ ! रुद्राक्ष को महत्व को बारेमा हाम्रो हिन्दु धर्ममा सबै भन्दा धेरै उचाई छ ! यो पनि भनिएको छ कि रुद्राक्ष स्वोयम शिव भगवान हो र रुद्राक्ष दाना भगवान महादेव(पशुपतिनाथ) को प्रिय आभूषण पनि हो !रुद्राक्ष महत्व को बारेमा बिस्तृत जानकारी हाम्रो हिन्दु धर्म को थुप्रै ज्ञानबर्दक किताब र ठुला ठुला किताब जस्तै पुराण,देवी भागवत गीता,नेपाल महात्म्य,हिम्ब्वत खण्ड  मा सम्पूर्ण जानकारी सहित उल्लेख गरिएको छ ! 

रुद्राक्ष को वृक्ष नेपाल मा मात्र पाईदछ! अरु देश मा पाएपनि नेपाल को रुद्राक्ष मात्रै शक्तिशाली हुन्छ!नेपाल को रुद्राक्ष आदिकाल देखि नै ऋषि,मुनि,साधु,सन्त ले लाउदै  र रोज्दै आएका  छन्!इंडिया देखि नेपाल सम्म पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय भक्तजनहरुले रुद्राक्ष पुजा र धारण गर्न किन्ने र खोज्ने गर्छन!शिवरात्रि पर्व,तीज पर्व,श्रावण सोमबार,बोल बोम यात्रा को दिन पशुपतिनाथ मा रुद्राक्ष पसल बाटोमै राखेर पनि पैसा कमाउने घुइचो हुन्छ !रुद्राक्ष बिशेष रुप मा पुजा गरिन्छ भने गला(घाटी) मा माला धारण गरिन्छ!रुद्राक्ष भगवान पशुपतिनाथ महादेव को मन पर्ने दाना हो र स्वोयम शिव नै हुनुहुन्छ भनिएको छ !

रुद्राक्ष नेपाल को काठमाडौँ,धरान,भोजपुर,झापा,सिन्धुपाल्चोव्क ,बिराटनगर,काब्रे आदि थुप्रै ठाउँ मा फल्दछ ! रुद्राक्ष को बिरुवा सरे मा ५ वर्ष मै ठुलो रुख हुन्छ ! यो हावा पानी,जमिन,रेखदेख  अनुसार पनि फरक पर्न सक्छ !

रुद्राक्ष को उत्पन्न को बारेमा यो भनिएको छ कि रुद्राक्ष भगवान शिव को आखा को आशु बाट उत्पन्न भयिएको हो ! एकदिन शिवजी ले एक हजार वर्ष भन्दा बढी ध्यान गरेर आखा खोल्दा केहि थोपा आशु आखा बाट खसेको र खसेको ठाउँ बाट नै रुद्राक्ष को वृक्ष उत्पन्न भयिएको हो भनि पुराण मा उल्लेख गरिएको छ ! तेही रुद्राक्ष को वृक्ष मा नै रुद्राक्ष को दाना फ़ल्दछ!

रुद्राक्ष सब्द संस्कृत भाषा बाट निकालिएको हो !संस्कृत भाषामा रुद्राक्ष दुई वटा सब्द ले बनेको छ! दुईवटा सब्द को नाम रुद्र + आक्ष हो जहाँ  रुद्र भगवान शिव को धेरै नाम मध्ये एक हो भने आक्ष भन्ना ले आखाको आशु भनेर बुज्नसक्छौ! रुद्राक्ष भगवान शिव को आशु को थोपा बाट उत्पन्न भयिएको हो !


एउटा रुद्राक्ष को रुख मा विभिन्न प्रकार वा भेद को रुद्राक्ष दाना पाइनछ! रुद्राक्ष को प्रकार को सम्पूर्ण जानकारी पुराण मा पाइन सकिन्छ! रुद्राक्ष को प्रकार लाई रुद्राक्ष को मुखी भनिन्छ ! रुद्राक्ष १ देखि 14 मुखी सम्म पुराण मा उल्लेख गरिएको छ भने आजकाल रुद्राक्ष १५ देखि २१ मुखी रुद्राक्ष सम्म पाउन सकिन्छ ! यी १५ देखि २१ मुखी रुद्राक्ष लाई पनि एकदम राम्रो मानिन्छ र यी दुर्लभ पनि हुन् !
रुद्राक्ष मुखी कसरी पहिचान गर्ने?
प्रत्यक रुद्राक्ष को दाना मा मुखी हुन्छ ! मुखी भन्ना ले रुद्राक्ष मा भएको प्राकृतिक धार हो ! विभिन्न प्रकारको रुद्राक्ष को विभिन्न मात्रामा धार हुन्छ! कुनै रुद्राक्ष मा १ धर्का हुन्छ भने कुनै मा २ ओटा, कसैमा ३ वटा र कसैमा १० वटा धर्का पनि हुन्छ !  रुद्राक्ष दाना को धर्का/धार/लाईन लाई आखा र हात ले गन्न सकिन्छ!यो रुद्राक्ष को रुख मा कुनै मुखी सहित पनि फल्न सक्छ! एउटा सिंगो रुख मा सबै मुखी छरिएर रुद्राक्ष फल्ने गर्दछ !धेरै जस्तो रुद्राक्ष को रुख मा एउटा समय मा एक मुखी पनि तेही,२ मुखी पनि तेही ,र थुप्रै मुखी पनि तेही रुख मा फ़ल्दछ! रुद्राक्ष को रुख मा कुनै मुखी पनि फल्न सक्दछ ! कुनै कुनै रुख मा त एउटा रुद्राक्ष मुखी मात्र फल्ने गर्दछ जस्तै मैले देखेको अनुसार त्यो रुख मा पाँच मुखी बाहेक कुनै मुखी नफलेको पनि देखेको छु ! भने पछि 'रुद्राक्ष मुखी' पहिचान रुद्राक्ष मा भएको धर्का(धार ले ) चिन्ने हो र रुद्राक्ष को नाम पनि तेही अनुसार हुन्छ जस्तै एउटा मात्र धार भएको रुद्राक्ष दाना लाई एक मुखी, १० वटा धार भएको लाई 'दश मुखी रुद्राक्ष' भनिन्छ ! रुद्राक्ष १ देखि २१ मुखी सम्म फल्ने गरेको छ ! २१ मुखी रुद्राक्ष मा २१ वटा धार हुन्छ !

 

विभिन्न मुखी रुद्राक्ष को जानकारी र प्रत्यक मुखी मा विभिन्न देवी देवता को प्रतिक(बास)

मुखी रुद्राक्ष - एक मुखी रुद्राक्ष भगवान शिव को प्रतिक हो ! एक मुखी रुद्राक्ष मा एउटा मात्र धार वा धर्का हुन्छ ! एक मुखी रुद्राक्ष ज्यादै दुर्लभ रुद्राक्ष हो! गोलो एक मुखी रुद्राक्ष पाउनलाई गारो हुन्छ ! गोलो एक मुखी रुद्राक्ष पशुपति मन्दिर काठमाडौँ मा ढुकुटी मा राखिएको छ र प्रत्यक वर्ष नागमणि,विभिन्न रत्न सहित देखाउने चलन छ! यो देखाउने दिन बालाचतुर्दशी  पर्व हो !

मुखी रुद्राक्ष - दुई मुखी रुद्राक्ष भगवान शिव पार्वती को प्रतिक हो ! यो रुद्राक्ष अर्धनारेश्वर रुप हो! अर्धनारेश्वर भगवान शिवपार्वती दुवै को सिंगो रुप हो !दुई मुखी रुद्राक्ष मा शिवपार्वती को बास हुन्छ!
दुई मुखी रुद्राक्ष मा दुई वटा मात्र धार वा धर्का हुन्छ ! दुई मुखी रुद्राक्ष ज्यादै दुर्लभ नभए पनि साधारण रुद्राक्ष को तुलना मा महगो हुन्छ ! दुई मुखी रुद्राक्ष मा दुई भन्दा कम वा दुई बढी धर्का भएमा त्यो रुद्राक्ष लाई दुई मुखी रुद्राक्ष भनिदैन! दुई मुखी रुद्राक्ष सानो ,ठुलो,चेप्टो जस्तो पनि हुन सक्छ तर रुद्राक्ष मा दुई वटा धर्का मात्र भएको हुनु पर्छ!

मुखी रुद्राक्ष - तिन मुखी रुद्राक्ष भगवान अग्नि,ब्रह्म,विष्णु र महेश्वर को प्रतिक हो ! यो रुद्राक्ष यज्ञ को रुप हो!यो रुद्राक्ष लाए वा पूजा गरेपछि सम्पूर्ण होम,पूजा मा अग्निदेव प्रसन्न हुनुहुन्छ! यो रुद्राक्ष सुद्द को प्रतिक हो किनकि अग्नि देवता भन्दा सुद्द यो संसार मा कोहि पनि हुनुहुन्न!तिन मुखी रुद्राक्ष मा तिन वटा मात्र धार वा धर्का हुन्छ ! तिन मुखी रुद्राक्ष सजिलै पाउन सकिन्छ र धेरै पैसा खर्चिनु पर्दैन !तिन मुखी रुद्राक्ष मा तिन भन्दा कम वा तिन भन्दा बढी धर्का भएमा त्यो रुद्राक्ष लाई तिन मुखी रुद्राक्ष भनिदैन! तिन मुखी रुद्राक्ष सानो ,ठुलो,चेप्टो जस्तो पनि हुन सक्छ तर यो रुद्राक्ष मा तिन वटा धर्का मात्र भएको हुनु पर्छ!

मुखी रुद्राक्ष - चार मुखी रुद्राक्ष भगवान ब्रह्मा को प्रतिक हो ! भगवान ब्रह्मा यो  संसार को  सृष्टि कर्ता हुनुहुन्छ ! भगवान ब्रह्मा देव  माता सरस्वति को साथ चार मुखी रुद्राक्ष मा बास गर्नुहुन्छ! चार मुखी रुद्राक्ष शक्तिशाली रुद्राक्ष हो ! यो रुद्राक्ष सबै कुरा मा सिद्ध प्राप्त गर्न सगाउन्छ!चार मुखी रुद्राक्ष मा चार वटा मात्र धार वा धर्का हुन्छ ! चार मुखी रुद्राक्ष सजिलै पाउन सकिन्छ र धेरै पैसा खर्चिनु पर्दैन !चार मुखी रुद्राक्ष मा चार भन्दा कम  वा चार भन्दा बढी धर्का भएमा त्यो रुद्राक्ष लाई चार मुखी रुद्राक्ष भनिदैन! चार मुखी रुद्राक्ष सानो ,ठुलो,चेप्टो जस्तो पनि हुन सक्छ तर यो रुद्राक्ष मा चार वटा धर्का मात्र  भएको हुनु पर्छ! 

मुखी रुद्राक्ष - पाँच मुखी रुद्राक्ष भगवान कालअग्नि रुद्र को प्रतिक हो !कालअग्नि रुद्र भगवान शिव को एक नाम हो! भगवान शिव को डर लाग्दो, भएंकर र रिसाएको मुद्रा लाई कालअग्नि रुद्र भनिन्छ!यो रुद्राक्ष धारण गर्नाले भगवान शिव जी रिसाएको बेला पनि खुसि पार्न सकिन्छ! पाँच मुखी रुद्राक्ष भगवान पशुपतिनाथ शिव कै प्रतिक हो ! यो रुद्राक्ष रुख मा ज्यादा मात्र मा पाइने र फल्ने रुद्राक्ष हो ! यो रुद्राक्ष सम्पूर्ण रुद्राक्ष मध्ये सस्तो र सजिलै पाइने रुद्राक्ष हो! भगवान शिव नै यो संसार को देवादीदेव हुनुहुन्छ! देवता ले पनि पुजिने देवता भगवान शिव नै हो !पाँच मुखी रुद्राक्ष शक्तिशाली रुद्राक्ष हो ! पाँच मुखी रुद्राक्ष मा पाँच वटा मात्र धार वा धर्का हुन्छ !  पाँच मुखी रुद्राक्ष मा पाँच भन्दा कम  वा पाँच भन्दा बढी धर्का भएमा त्यो रुद्राक्ष लाई पाँच मुखी रुद्राक्ष भनिदैन! पाँच मुखी रुद्राक्ष सानो ,ठुलो,चेप्टो जस्तो पनि हुन सक्छ तर यो रुद्राक्ष मा पाँच वटा धर्का मात्र  भएको हुनु पर्छ!  

मुखी रुद्राक्ष - छ मुखी रुद्राक्ष भगवान कुमार कार्तिकेय को प्रतिक हो ! भगवान कुमार भगवान शिव को जेठो छोरा हुनुहुन्छ! भगवान कुमार देवता मध्ये ज्ञानी र बुद्दिमान देवता हो ! भगवान कुमार शक्तिशाली हिन्दु देवता हुनुहुन्छ! यो रुद्राक्ष धारण वा पूजा गर्ना ले बुद्दी लाई आफ्नो बश मा पारेर प्रगति को बाटो तिर लादछ! यो रुद्राक्ष ले आफु मा भएको नराम्रो बुद्धि विचार हटाएर राम्रो बुद्धि को सिर्जना गर्दछ !यो रुद्राक्ष सबै कुरा मा सिद्ध प्राप्त गर्न सगाउन्छ!छ मुखी रुद्राक्ष मा छ वटा मात्र धार वा धर्का हुन्छ ! छ मुखी रुद्राक्ष सजिलै पाउन सकिन्छ र धेरै पैसा खर्चिनु पर्दैन !छ मुखी रुद्राक्ष मा छ भन्दा कम वा छ भन्दा बढी धर्का भएमा त्यो रुद्राक्ष लाई छ मुखी रुद्राक्ष भनिदैन! छ मुखी रुद्राक्ष सानो ,ठुलो,चेप्टो जस्तो पनि हुन सक्छ तर यो रुद्राक्ष मा छ वटा धर्का मात्र भएको हुनु पर्छ!

मुखी रुद्राक्ष - सात मुखी रुद्राक्ष सप्त ऋषि र सप्त मात्रिका को प्रतिक हो ! सप्त ऋषि यो ब्रह्माण्ड को सात वटा प्रमुख ऋषि हुनुहुन्छ ! सप्त मात्रिका भन्ना ले सात वटा आमा भनिन्छ ! देवता को पनि आमा भन्ना ले सप्त मात्रिका माता लाई बुज्नसकिन्छ! सम्पूर्ण रुद्राक्ष भगवान शिव त हो नै भने पछि स्वोयम नै शक्तिशाली छदैछ ! सात मुखी रुद्राक्ष जसले धारण गर्दछ त्येस माथि भगवान शिव,सप्तमात्रीका,सप्त ऋषि को सदैव कृपा रहीरहन्छ ! यो रुद्राक्ष ले जीवन लाई नया बाटो मा लगेर आफुले आफुलाई राम्रो बाटो मा कसरी हिड्ने बनेर बाटो खुलाउन्छ! यो रुद्राक्षले सम्पूर्ण पूजा,यज्ञ,होम,पाठ,मन्त्र सिद्ध गराउन्छ! यो रुद्राक्ष धारण गर्नाले रोग बाट पनि मुक्ति पाउन सकिन्छ ! सम्पूर्ण रोग हर्ने माता भनेर सप्त मात्रिका माता लाई चिनिन्छ ! यो रुद्राक्ष धारण गर्ना ले भाग्यशाली भैइनछ! यो रुद्राक्ष ठिकै दुर्लब हो र सजिलै पाउन सकिन्छ ! यो रुद्राक्षमा सातवटा धर्का वा लाइन हुन्छ! सातवटा भन्दा धार बढी वा घटी भएमा एस रुद्राक्ष लाई सात मुखी रुद्राक्ष भनिदैन! यो रुद्राक्ष मा शिव को साथ् साथै सप्त मात्रिका र सप्त ऋषि को बास हुन्छ!यो रुद्राक्ष शक्तिशाली हो !

मुखी रुद्राक्ष - आठ मुखी रुद्राक्ष भगवान गणेश को प्रतिक हो ! भगवान गणेश भगवान शिव पार्वती को कान्छो छोरा हुनुहुन्छ! भगवान गणेश देवता मध्ये शक्तिशाली र बुद्दिमान देवता हो ! भगवान गणेश ऋद्धि सिद्धि को प्रतिक हुनुहुन्छ ! भगवान गणेश पराक्रमी र दयालु देवता मानिनुहुन्छ ! यो रुद्राक्ष धारण वा पूजा गर्ना ले पराक्रमी र धन लाई आफ्नो बश मा पारेर प्रगति को बाटो तिर लादछ! यो रुद्राक्ष ले आफु मा भएको नराम्रो बुद्धि विचार हटाएर राम्रो बुद्धि को सिर्जना गर्दछ !यो रुद्राक्ष सबै कुरा मा सिद्ध प्राप्त गर्न सगाउन्छ!आठ मुखी रुद्राक्ष ले सम्पूर्ण पाप नास गर्दछ ! यो रुद्राक्ष ले गणेश र भगवान शिव लाई खुसि पार्दछ!आठ मुखी रुद्राक्ष मा आठ वटा मात्र धार वा धर्का हुन्छ ! आठ मुखी रुद्राक्ष ठिकै दुर्लब रुद्राक्ष हो र पाउन सकिन्छ !आठ मुखी रुद्राक्ष मा आठ भन्दा कम वा आठ भन्दा बढी धर्का भएमा त्यो रुद्राक्ष लाई आठ मुखी रुद्राक्ष भनिदैन! आठ मुखी रुद्राक्ष सानो ,ठुलो,चेप्टो जस्तो पनि हुन सक्छ तर यो रुद्राक्ष मा आठ वटा धर्का मात्र भएको हुनु पर्छ!

  मुखी रुद्राक्ष - नौ मुखी रुद्राक्ष नवदुर्गा माता को प्रतिक हो ! नवदुर्गा माता पार्वती(दुर्गा) को नौ वटा रुप हो ! नवदुर्गा(माता पार्वती) लाई सर्व शक्ति को रुप मा पनि चिनिन्छ तेसैले शिव शक्ति भनिन्छ!
नवदुर्गा माता संसार को जननी हुनुहुन्छ !नौ मुखी रुद्राक्ष लाई नवरात्री को दिन पूजा गरे बिशेष फल मिल्दछ ! एस्लाई गला(घाटी) मा लगाउनुपर्छ र नलगाए घर मा शिव जी,दुर्गा माता संगै नौ मुखी रुद्राक्ष पूजा गर्नु पर्छ! नौ मुखी रुद्राक्ष ले मुक्ति(मोक्ष) प्रदान गर्दछ र संसार रुपी बाधा,दुख र बन्धन बाट टाढा राख्दछ ! नौ मुखी रुद्राक्ष को दाना मा नौ वटा मात्र धार भएको ले यो शक्तिशाली रुद्राक्ष लाई नौ मुखी रुद्राक्ष भनिएको हो ! नौ मुखी रुद्राक्ष पहिचान गर्दा खेरि येदी रुद्राक्ष दाना मा नौ भन्दा धेरै धार वा थोरै धार भएमा त्यो रुद्राक्ष दाना लाई नौ मुखी रुद्राक्ष भनिदैन किनकि नौ मुखी रुद्राक्ष मा ठ्याकै नौ वटा मात्र धार(धर्का/लाइन) हुनुपर्छ! यसरी रुद्राक्ष को दाना कति मुखी हो भन्ने पहिचान धार(धर्का) ले गर्दछ र जति वटा धर्का भयो तेति नै मुखी हो भनिन्छ जस्तै :-"एक मुखी मा एउटा मात्र हुन्छ भने पन्द्र मुखी रुद्राक्ष दाना मा पन्द्र वटा मात्रै धार/धर्का हुन्छ!

१० मुखी रुद्राक्ष स्वयम् भगवान विष्णु (नारायण) को प्रतिक हुनुहुन्छ! दश मुखी रुद्राक्ष लाई भगवान नारायण को दश अवतार पनि भनिन्छ! भगवान विष्णु को दश अवतार को नाम कुर्म,मत्स्य,वराह,कृष्ण,राम,बुद्ध,नरसिंह,परशुराम,बामन,कल्की हो !दश मुखी रुद्राक्ष धारण गर्न ले दश दिशा मा सफलता प्राप्त गर्न सकिन्छ! दश मुखी रुद्राक्ष ले मनको इच्छा पूर्ण गर्दछ! दश मुखी रुद्राक्ष पूजा गरेमा भगवान शिव,विष्णु सहित सम्पूर्ण देवतालाई खुसी पार्दछ!यो रुद्राक्ष दुर्लभ भएपनि सजिलै प्राप्त गर्न सकिन्छ!यो रुद्राक्ष मा दश वटा मात्र धार हुन्छ! रुद्राक्ष को दाना मा दश वटा भन्दा बढी वा कम धर्का भए मा दश मुखी रुद्राक्ष भनिदैन!

११ मुखी रुद्राक्ष स्वयम् भगवान हनुमान (बजरंग्बली) को प्रतिक हुनुहुन्छ! एघार मुखी रुद्राक्ष लाई भगवान हनुमान को एकादश रुद्र पनि भनिन्छ! हनुमान जी लाई स्वोयम शिव पनि मानिन्छ!यो रुद्राक्ष शक्तिशालि हो !यो रुद्राक्ष पुजा वा धारण गर्नाले हनुमान,शिव र भगवान राम लाई खुसी पार्दछ!यो रुद्राक्ष धारण गर्नाले भगवान हनुमान लाई खुसी पारेर बहादुर हुने बरदान प्राप्त गर्दछ!भगवान हनुमानलाई देवता/देवी मध्ये बहादुर र शक्तिशालि देवता पनि मानिन्छ! यो रुद्राक्ष लाई शिव जी वा भगवान हनुमान को बिशेष दिन बाट धारण वा पूजा गर्ना ले झन् शुभ मानिन्छ!यो रुद्राक्षले सदैव खुसी,बहादुर पार्दछ र मृत्यु जस्तो कुरा बाट पनि भएभित पार्दैन र सधै राम्रो बाटो चल्न मदत पुराऊदछ ! यो रुद्राक्ष ले लामो आयु दिलाउदछ! यो रुद्राक्ष लाई महामिर्तुन्जय रुद्राक्ष पनि भनिएको छ ! यो रुद्राक्ष गला मा धारण गर्दा शिव महामिर्तुन्जय मन्त्र,हनुमान मन्त्र र मूल मन्त्र "ओम नम शिवाय" ११ वा १०८ चोटी जप गरेर सुरु गर्दा हुन्छ!यो रुद्राक्ष मा एघारवटा मात्र धर्का हुन्छ तेसैले यो रुद्राक्ष लाई एघार मुखी रुद्राक्ष भनिन्छ! येदि एघार मुखी पहिचान गर्दा खेरि दाना मा एघार भन्दा कम वा बढी धर्का भएमा त्यो रुद्राक्ष को दाना लाई एघार मुखी रुद्राक्ष भनिदैन! एघार मुखी रुद्राक्ष को दाना चेप्टो,गोलो,सानो,ठुलो जस्तो भएपनि फरक पर्दैन र बिशेष ध्यान पुराउनु पर्ने कुरा ११ मुखी रुद्राक्ष को दाना मा एघार वटा धर्का हुनु पर्ने हो नभए त्यो रुद्राक्ष दाना लाई एघार मुखी रुद्राक्ष भनिदैन!

१२ मुखी रुद्राक्ष स्वयम् भगवान सुर्य नारायण को प्रतिक हुनुहुन्छ! सुर्य नारायण भगवान लाई स्वयम् भगवान विष्णु पनि भनिन्छ! सुर्य भगवान लाई सुर्यदेव पनि भनिन्छ! यो रुद्राक्ष धारण गर्ना ले भगवान सुर्य जस्तो शक्तिशालि हुन मदत पुराऊदछ! भगवान सुर्यले संसार भरि उज्यालो पार्नु हुन्छ! यो रुद्राक्ष धारण गर्नाले विश्व मा  धर्म को  नाम राख्दछ!यो रुद्राक्ष धारण गर्ना ले  आत्म,मन र शरीर सुद्द राख्दछ!यो रुद्राक्ष धारण गर्ना ले अनुहार को चमक लाई उज्यालो पार्दछ!यो रुद्राक्ष धारण गर्ना ले भगवान  सुर्य,भगवान शिव,र भगवान विष्णु लाई सदैव खुसी राख्दछ!भगवान सुर्य,शिव,विष्णु संसारकै ठुला देवता हुनुहुन्छ र वहा भन्दा ठुलो देवता अरु कोइपनि हुनुहुन्न!वहा नै यो संसार को जन्म र मृत्यु को मूल कारण हुनुहुन्छ!यो रुद्राक्ष धारण गर्ना ले जीवन को लक्ष हासिल गर्न सकिन्छ!यो रुद्राक्ष पूजा वा धारण गर्ना ले सम्पूर्ण पाप नाश हुन्छ!यो रुद्राक्ष सिंह राशी हुनेहरुले धारण गरे हुन्छ!यो रुद्राक्ष जो सुकैले धारण गर्दा पनि उतिकै फल दिए पनि सिंह राशी को स्वामी सुर्य देवता भएको ले उनिहरुलाई झनै राम्रो हुन्छ!यो रुद्राक्ष धारण गर्दा आइतबार को दिन फलदायक हुन्छ! आइतबार सुर्यदेवता को लागि राम्रो दिन हो !यो रुद्राक्ष धारण गर्दा "ओम श्री सुर्य देवाये नम:", "ओम नम शिवाय" र "ओम नमो नारायण"जप गर्नु पर्दछ! मन्त्र जप ११ वा सके १०८ चोटी अनिवार्य गर्नु पर्छ!यो रुद्राक्ष मा बाह्र वटा मात्रा धर्का हुन्छ! बाह्र वटा भन्दा बढी वा कम  धर्का भएमा यो रुद्राक्ष लाई बाह्र  मुखी रुद्राक्ष भनिदैन!बाह्र  मुखी रुद्राक्ष सानो,गोलो,ठुलो ,चेप्टो जस्तो भए पनि रुद्राक्ष दाना मा बाह्रवटा धार भएमा मात्रै बाह्र  मुखी रुद्राक्ष भनिन्छ! 

१३ मुखी रुद्राक्ष लाई भगवान इन्द्र,कामदेव,विश्व देवता र भगवान कुमार कार्तिकेय को संज्ञा देइएको छ! भगवान इन्द्र स्वर्ग को राजा देवता हुनुहुन्छ! भगवान कामदेव आकर्षण को देवता हुनुहुन्छ! भगवान विश्व देवता सम्पूर्ण हिन्दु देवी/देवता को प्रतिक हुनुहुन्छ! भगवान कुमार कार्तिकेय भगवान शिव(महादेव) को जेठो सुपुत्र हुनुहुन्छ!यो रुद्राक्ष आफै मा शक्तिशालि रुद्राक्ष हो!यो रुद्राक्ष धारण वा पूजा गर्ना ले मनोइक्षा पूर्ण गर्दछ! यो रुद्राक्ष ले बुद्धि दिमाख इन्द्रियहरु लाई सन्तुलन मा राख्दछ! यो रुद्राक्ष ले सम्पूर्ण पाप हर्दछ!यो रुद्राक्ष धारण गर्ना ले शिव पार्वती लाई सजिलै प्राप्त गर्न सकिन्छ किनकि सम्पूर्ण रुद्राक्ष शिव जी नै हो !यो रुद्राक्ष ले राम्रो विचार,सोच,चेतना जागृत गर्दछ र सम्पूर्ण दुख बाट मुक्ति प्राप्त गर्न सकिन्छ!यो रुद्राक्ष मा तेह्र वटा धार मात्र हुन्छ! रुद्राक्ष चाहे सानो,ठुलो,चेप्टो भए पनि तेरह मुखी रुद्राक्ष मा तेह्र  वटा मात्र  धर्का /धार भएको हुनुपर्छ! येदी यो रुद्राक्ष को दाना मा तेह्र  भन्दा कम वा बढी धार भए मा तेह्र  मुखी रुद्राक्ष भनिदैन!

१४ मुखी रुद्राक्ष लाई भगवान हनुमान ,कुबेर र  भगवान शिवपार्वती(उमा-महेश्वर) को संज्ञा देइएको छ! भगवान हनुमान महाबिर र बहादुर देवता हुनुहुन्छ भने भगवान कुबेर खजाना को देवता मानिनुहुन्छ !भगवान शिव-पार्वती सम्पूर्ण देवता,मनुष्य को आमा-बुबा देवता मानिनुहुन्छ र वहाहरु को कारणले नै यो संसार चलेको छ!यो रुद्राक्ष शक्तिशालि रुद्राक्ष हो! एउटा कथा मा यो भनिएको छ कि भगवान शिव ले स्वोयम १४ मुखी रुद्राक्ष गला मा सर्वप्रथम  धारण गर्नु भएको थियो र त्येस पश्चात सम्पूर्ण लोक को कल्याण निम्ति रुद्राक्ष को दाना देवता,ऋषि,यक्ष,गंदर्व र मनुष्य लाई बाड्नु भयो! सर्व प्रथम बैकुण्ठ मा विष्णु भगवान लाई दिनु भयो,पातल देवता मा बाड्नु भयो,ऋषि,गंदर्व लाई बाड्नु भयो र ४ वर्ण मनुष्य (ब्राह्मण,छेत्री,कश्यप,शुद्र) लाई बाड्नु भयो!यो रुद्राक्ष धारण गर्ना ले शिव पार्वती लाई खुसी पार्न सकिन्छ! यो रुद्राक्ष मा चौध वटा मात्र हात वा आखा ले गन्न सकिने  धर्का /धार हुन्छ! चौध  वटा भन्दा कम वा बढी धर्का/धार भए मा यो रुद्राक्ष लाई चौध मुखी रुद्राक्ष भनिदैन!

गौरीशंकर रुद्राक्ष - गौरीशंकर रुद्राक्ष भगवान शिव पार्वती (गौरीशंकर/उमामहेश्वर) को रुप हो !"गौरी" माता पार्वती को नाम हो भने 'शंकर'  भगवान शिव जी को हो ! यो रुद्राक्ष साधारण रुद्राक्ष को तुलना मा फरक हुन्छ!यो रुद्राक्ष मा एउटा सिंगो रुद्राक्ष को दाना मा दुइवटा दाना जोडिएको हुन्छ! गौरीशंकर रुद्राक्ष को  एक पट्टि गौरी(पार्वती) र अर्को पट्टि शंकर(शिव) को रुप हो! यो रुद्राक्ष जुडुवा दाना हो ! गौरीशंकर रुद्राक्ष पुजा गरे वा घाटी मा धारण गरे सधै सफलता,ज्ञान बुद्धि बढ्छ र धन प्राप्ति हुन्छ! यो रुद्राक्ष ले पतिपत्नी को सम्बन्ध लाई सुमधुर पार्छ!यो रुद्राक्ष धारण गर्नाले आयु लामो हुन्छ!यो रुद्राक्ष धारण गर्नाले सम्पूर्ण पाप नाश भएर अन्तिम मा शिवपार्वती धाम "कैलाश" मा परमगति प्राप्त गर्दछ!यो रुद्राक्ष धारण गर्ना ले शिवपार्वती को सेवा गर्ने मौका मिल्दछ!

गणेश रुद्राक्ष - गणेश रुद्राक्ष स्वोयम भगवान गणेश हुनुहुन्छ! भगवान गणेश भगवान शिवपार्वती को कान्छो छोरो हुनुहुन्छ!यो रुद्राक्ष पनि गौरीशंकर रुद्राक्ष जस्तै साधारण रुद्राक्ष भन्दा फरक हुन्छ !गणेश रुद्राक्ष दाना मा स्वोयम भगवान गणेश को सुड विराजमान हुन्छ !यो रुद्राक्ष धारण गर्ना ले भगवान ऋद्धिसिद्धि गणेश लाई सजिलै खुसि पार्न सकिन्छ!यो रुद्राक्ष धारण वा पुजा गर्ने भक्त लै सदैव भगवान शिव पार्वती,गणेश कुमार र सम्पूर्ण देवी देवता को कृपा भैरहन्छ!

अन्तमा - हाम्रो बारेमा 

हाम्रो पसल पशुपतिनाथ मन्दिर ,काठमाडौँ,नेपाल मा अवस्थित छ ! हाम्रो पसल को नाम 'हिमालय रुद्राक्ष भण्डार' हो ! येदि कसैलाई रुद्राक्ष दाना,रुद्राक्ष माला,मोति को माला,नवरत्न ,राशी पत्थर/रत्न,शिवलिङ्ग,शालिग्राम,पुजा थाली,विभिन्न किसिम को माला जस्तै मुगा,तुलसी,कमल गठा,तामा भाडा चाहिएमा सम्पर्क गर्नुहोला! अरु सम्पूर्ण जानकारी को लागि हाम्रो वेबपेज www.nepalrudraksha.com हेर्नु होला ! 

हाम्रो इमेल -  nepalrudraksha1@yahoo.com

टेलिफोन नम्बर - ९८०३०२१५१९ 

टेलिफोन नम्बर अंग्रेजी मा - 9803021519

- - - - - - - - - - - - - - हर हर महादेव ,ओम नाम शिवाय,जय श्री पशुपतिनाथ - - - - - - - - - - - - - - - - - - - - - - - - - 

 

 

 

Views: 497

Comment

You need to be an initiate of Temple Illuminatus to add comments!

Join Temple Illuminatus

Comment by VIJAYARAGHAVAN MB on August 9, 2012 at 12:26am

Those who wear 1000 rudrakshas will become disease free. Test it. 5 faced is selected for this purpose. 

Have questions?

Need help? Visit our Support Group for help from our friendly Admins and members!

Have you?

Become a Member
Invited Your Friends
Made new Friends
Read/ Written a Blog
Joined/ Created a Group
Read/ Posted a Discussion
Checked out the Chat
Looked at/Posted Photos
Looked at/Posted Videos
Made a donation this month
Followed us on Twitter
Followed us on Facebook

Keep us growing!



Become a Temple Supporter & sign up for a $5 month ongoing donation




Become a Temple Patron & sign up for a $10 month ongoing donation




Make a one time Donation to the Temple

© 2013   Created by Leila Raven.

Badges  |  Report an Issue  |  Terms of Service